काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसदमा उजुरी परेको छ। एकपछि अर्को गर्दै मन्त्री आलेले अश्लील शब्द प्रयोग गरेको भन्दै संसदको आचरण अनुगमन समितिमा उजुरी परेको हो।
अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराई तथा कानुनकी विद्यार्थी रेजिना पौड्यालले उजुरी दिएका हुन्।