महालक्ष्मी विकास बैंकका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ११


काठमाडौं । महालक्ष्मी विकास बैंक र महाराजगंज काठमाडौंमा अवस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर९स्क्यान पे० महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न स्वास्थ्य सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्