सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा धनुषाको रमदैया भवाडीमा

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ०९


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धनुषाको रमदैया भवाडीमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

बैंकले असार ३ गतेदेखि उक्त स्थानमा ९४औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य बैंकले लिएको छ ।

बैंकले हाल १७५ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्