साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन, अवस्था सामान्य

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : १३


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन् । अमेरिकाको लावेयर राज्यमा पर्ने समुद्र तट नजिकै  साइकल चढिरहेको बेला बाइडेन एक्कासी लडेका हुन् ।

उनी साइकलबाट लड्दा कुनै ठूलो चोट भने नलागेको बताइएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको टिमले नै वाइडेन लडेको भिडियो पोष्ट गरेको छ । भिडियोमा वाइडेन लड्ने वित्तिकै उठेका छन् । उठ्ने वित्तिकै उनले आफू ठिक भएको प्रतिक्रिया दिन्छन् ।

साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपति वाइडेनले बताएका छन् । ७९ वर्षीय वाइडेन प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका बेला लडेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्