सुनको भाउ आज ३ सय रुपैयाँले घट्यो

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ०६


काठमाण्डौँ ।
आइतबार सुनको भाउ घटेको छ । हप्ताको पहिलो दिन आज सुनको भाउ तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

अस्ति सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्