गठबन्धनका शीर्ष नेता बालुवाटारमाः विवादित एसपीपीबारे के निर्णय गर्लान् ?

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ११ : ५७


काठमाण्डौँ । सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार भेला भएका छन् । विवादित अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न उनीहरु बालुवाटारमा भेला भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता अहिले बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण पनि नजिकिँदो छ । सो क्रममा कुनैपनि विवादास्पद र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति वा कार्य नगर्न नेताहरुले आग्रह गर्ने बताइएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकले समेत नेपाल सरकारलाई सोही प्रकारको निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्