काठमाडौँ। एसिसी महिला टि२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ।
मलेसियामा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको हो।
यो जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गर्ने सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो। यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन्।