स्कुल पढाउन जाँदै गर्दा स्कुटर दुर्घटना, भीरबाट लडेर शिक्षिकाको मृत्यु

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : २६


नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ।

तादी गाउँपालिका-४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जानेक्रममा ३५ वर्षीया आचार्य सवार स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तादी-४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य सवार बा.९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हो।

घटनास्थलभन्दा ५०० मिटर तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ। उनी उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रुपमा कार्यरत थिइन्।


प्रतिक्रिया दिनुहोस्