रियलमी जिटी नियो ३ सँगै जिटी २ प्रो सार्वजनिक

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : ५७


काठमाडाैं । स्मार्टफोन ब्रान्ड रियलमीले दुई रोमाञ्चक स्मार्टफोन सार्वजनिक गरेका छन्।

छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रो पनि सार्वजनिक भएको छ।

रियलमीले गत वर्ष सार्वजनिक भएको रियलमी जिटी नियो २ को सफलता पछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो भने जिटी २ प्रो ले प्रयोगकर्ताहरुले उचित फ्लागशिपबाट के आशा गर्छन् भनेर नयाँपन अपनाएको जनाएको छ।

कम्पनीका अनुसार जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो। १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०–५० प्रतिशत चार्ज गर्छ। जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रो ले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २के अमोल्ड फ्ल्याट डिस्प्लेसँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर, नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ।

नेपालमा रियलमी जिटी नियो ३ को मूल्य
रियलमी जिटी ३ को १२/२५६ जिबी भेरियन्टको मूल्य ७७ हजार ९९९ रुपैयाँ तोकिएको छ। उपलब्ध रंगहरु नाइट्रो ब्लू र स्प्रिन्ट सेतो रङ्गमा उपलब्ध यो फोनको प्रिबुकिङ आज दराजबाट सुरु गरिएको छ जहाँ प्रयोगकर्ताहरूले रु तीन हजार छुट पाउन सक्छन् ।

रियलमी जिटी २ प्रो को मूल्य
रियलमी जिटी २ प्रो को १२/२५६ जिबी भेरियन्टको मूल्य रु १ लाख ९ हजार ९९९ छ। हालै कागजी सेतो रंगमा मात्र उपलब्ध छ र प्रिबुकरहरूले दराजबाट रुहजार छुट प्राप्त गर्न सक्छन्।


प्रतिक्रिया दिनुहोस्