‘अग्निपथ योजना’ सेनालाई अपमान भन्दै भारतमा देशव्यापी विरोध, के हो यो?

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : १७


काठमाडौं। भारतस्थित पञ्जाव राज्यका मुख्यमन्त्री भगवन्त मानले केन्द्रिय सरकारको ‘अग्निपथ योजना’को विरोध गर्दै सो योजना तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन्।

पछिल्ला दुई वर्षयता भारतीय सेनामा भर्तीकार्य रोकिएको थियो। यतिबेला भने केन्द्र सरकारले ‘अग्निपथ योजना’ अगाडि सारेको छ जहाँ छोटो समयको लागि सेनामा भर्ती हुन पाइन्छ।

यस विषयमा भगवन्त मानले ट्विटरमा भनेका छन्,‘दुईवर्ष सेनामा भर्ती रोकेपछि केन्द्र सरकारले नयाँ फरमान जारी गरेको छ। चार वर्ष सेनामा काम गर, पेन्सनपछि छैन। यो सेनाको अपमान हो। यो देशका युवाको लागि पनि धोका हो।’

उनका अनुसार यो देशका युवाको हितमा छैन। यसैहप्तको मंगलबार भारतका रक्षामन्त्री राजनाथ सिंहले तीन सेनाध्यक्षको उपस्थितीमा अग्निपथ योजना अगाडि सारेका थिए।

Centre clears Agnipath scheme - The Hindu

सेना भर्तीको यस योजनाअनुसार साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवाले सेनामा भर्ती हुन आवेदन दिनसक्छन्। तर यस सैन्य अवधि चार वर्षको मात्र हुन्छ।

यस योजना अन्तर्गत छनौट भएका २५ प्रतिशतलाई मात्र पूर्णकालिन सैन्य सेवामा समावेश गराइन्छ।

यसरी सैन्य अवधि कम भएपछि र २५ प्रतिशतलाई मात्र सैन्य सेवामा बस्न दिने भनेपछि भारतभर यो योजनाको विरोध भइरहेको छ।

बिहार, यूपी लगायत कयौं राज्यमा युवाहरुले आगजनी तथा तोडफोड गरिरहेका छन्। बीबीसीहिन्दी

Defence veterans divided over cause of protests against 'Agnipath' scheme |  India News - Times of India


प्रतिक्रिया दिनुहोस्