प्रेम आलेलाई ‘गाली शिरोमणी’को उपाधिले बिभूषित गरौं: रावल

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : २८


काठमाडौं । नेकपा (एमाले)का सांसद झपट रावलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई गाली शिरोमणी को उपाधिले बिभूषित गर्नुपर्ने भन्दै कटाक्ष गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

आले पर्यटनमन्त्री मात्रै नभई संस्कृतिमन्त्री समेत रहेको तर्फ इंगित गर्दै सांसद रावलले सामाजिक मूल्य मान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्नेमा मन्त्री भएर गरिमामय पदमा रहेर कहिल्यै सर्वसाधारण त कहिल्यै आफ्नै मातहतको कर्मचारीसँग अश्लिल शब्द र दुव्र्यवहार गरेर कुर्सीको बेइज्जत गरेको बताए।


प्रतिक्रिया दिनुहोस्