अब्दुल रहमान मक्कीलाई ‘आतंकवादी’ घोषणा गर्ने अमेरिका–भारतको प्रयास चीनले पार्यो असफल

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ५१


काठमाडौं। आतंकी गतिविधि गर्दै आएको लश्कर–ए–तैयबाका नेता अब्दुल रहमान मक्कीलाई ‘वैश्विक आतंकवादी’ घोषणा गर्ने अमेरिका र भारतको प्रयास असफल भएको छ।

चीनका कारण अमेरिका र भारतको यस साझा प्रस्तावलाई झट्का लागेको हो।

मक्कीलाई विश्वभरका देशले आतंकवादी मान्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेश भएको थियो। तर चीनले आफ्नो शक्ति प्रयोग गर्दै सो प्रक्रियालाई प्राविधिक रुपमा रोकिदिएको हो।

शक्तिराष्ट्र चीनलाई भिटो प्रयोग गरेर कुनैपनि प्रस्ताव असफल बनाउने अधिकार पनि छ।

गत जुन १ मा प्रस्ताव पेश भएकामा १६ जुनमा चीनले सो प्रयास रोकिदिएको हो।

भारत र चीनले स्थानीय कानुनअनुसार मक्कीलाई आतंकवादी घोषणा गरिसकेका छन्। अमेरिकाले त मक्कीको टाउकाको मूल्य २० लाख अमेरिकी डलर तोकिदिएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्