काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कुनै हालतमा नचाहिने स्पष्ट पारेका छन्।
शुकबार संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले पठाएको पत्रको जवाफ दिँदै शर्माले नेपाली सेनाले कहिल्यै पनि नेपाली जनताको भावना विपरित काम नगर्ने बताए।