रूसको प्यासिफिक फ्लीटले फिलिपिन्स सागरमा सैन्य अभ्यास गर्दै

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : ५९


काठमाडौं। रुस प्यासिफिक फ्लीटको एक टुकडी फिलिपिन्स सागरमा प्रवेश गरेको छ।

सैन्य अभ्यासका लागि रुसी सेनाहरु फिलिपिन्स सागरमा प्रवेश गरेका हुन्। ती सेनाको समूह विमान विरोधी प्रशिक्षण गतिविधिहरूका साथै नक्कली शत्रुको पनडुब्बीहरूको खोजीमा संलग्न रहेको फ्लीटको प्रेस सेवाले शुक्रबार जनाएको छ।

तालिममा प्यासिफिक फ्लीटका नौसेना र उड्डयन टोली बीच अन्तरक्रिया पनि हुनेछ। तालिम, जसमा कमाण्ड शिप मार्शल क्रिलोभ, फ्रिगेट मार्शल शापोश्निकोभ, कर्भेट्स र ठूलो एन्टि–सबमरिन जहाज एडमिरल प्यान्टेलिभ युद्ध जहाजहरू समावेश छन्।

प्यासिफिक फ्लीट अभ्यास योजनाबद्ध लडाइँ प्रशिक्षणको हिस्सा पनि हो।


प्रतिक्रिया दिनुहोस्