कामबाट निकालिएकी महिलाले रिसको झोकमा फुटाइन सुपरमार्केटको सयौं वाइन!

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : २७


काठमाडौं। अर्जेन्टीनामा एक महिलाले रिसको झोकमा सयौं वाइनसहितको बोतल फुटाएकी छिन्।

आफूलाई बिना कारण कामबाट निकालेको भन्दै इभिलिन रोल्डनले आफूले काम गर्ने सुपरमार्केटको सयौं वाइन फुटाइदिएकी हुन्।

गत सोमबार रोल्डनलाई कामबाट निकालिएको थियो। त्यसपछि ती महिलाले सुपरमार्केटका मालिकसँग आफूलाई निक निकालेको भन्दै प्रश्न गरेकी थिइन्।

विवाद बढ्दै गएपछि रिस थाम्न नसक्दा उनले बेच्न राखिएको सयौं वाइनहरु भुँइमा झारेर फुटाइदिएकी हुन्।

हाल रोल्डनलाई गिरफ्ता गरिएको छ।

भिडिओ


प्रतिक्रिया दिनुहोस्