परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग छलफल गर्दै संसदीय समिति

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ५५


काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने भएको छ ।

पछिल्लो पटक पेचिलो बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे खड्का र शर्मासँग छलफल गर्न आज बिहान ९ बजे बैठक बस्दैछ ।

समितिले परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाएको छ।


प्रतिक्रिया दिनुहोस्