भूकम्प गएपछि अमेरिकासँग सहयोग मागेको, सैन्य गठबन्धनको लागि होइन: सेना

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ९ : ३२


काठमाडौं। नेपाली सेनाले सन् २०१५ मा अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी हुन पत्राचार गरेको स्वीकार गरेको छ।

तर, इन्डो प्यासिफिक रणनीति आईपीएस भन्ने कुरा नै नभएको जनाएको छ।

‘सार्वजनिक भएको पत्र सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा लेखिएको पत्र हो। त्यसबेला अमेरिकासँग पनि मागेको हो। त्यहाँ सहयोग माग्ने क्रममा पत्र लेखिएको हो। उनीहरुको अनुभवका कारण सहयोग लिन खोजेको हो। त्यो बेलामा आईपीएस पनि थिएन’ सैनिक प्रवक्ता नारायण सिलवालले भने।

कुनै गठबन्धनमा नगई, लिखित सम्झौता नगरी विना शर्त कुनै सम्झौतामा नबसी देशको असंलग्न परराष्ट्र नीति, भूराजनीतिक संवेदनशीलतालाई असर नपर्ने गरी सहयोग मागेको उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस्