अमेरिका भन्छः एसपीपी कार्यान्वयन गर्ने नगर्ने नेपालको हातमा छ

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ९ : ०३


काठमाडौं। यतिबेला नेपालमा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीबारे चर्को बहस जारी छ।

एसपीपीको विरोध भइरहँदा यसलाई कार्यान्वयन गर्ने कि रद्द गर्ने नेपालको हातमा रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

नेपाल सरकारको तर्फबाट आज संसदमा रक्षामन्त्री बालकृष्ण खाँणले एसपीसी स्वीकार नगर्ने र त्यसो गर्ने सरकारको चाहना नभएको बताइसकेका छन्।

यद्यपि स्टेट पार्टनरसीप प्रोग्राममा समावेश गर्न सरकारको सहमतिमा नेपाली सेनाले सन् २०१५ मा पत्रचार गरेको खुलेपछि एसपीपी विवाद थप चुलिएको छ।

सो क्रममा नेपालस्थित अमेरिकी दूतावासले एसपीपी कार्यान्वयन गर्ने नगर्ने नेपालको हातमा रहेको बताएको हो।

काठमाडौंस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल मिकलरले सन् २०१५ र २०१७ मा एसपीपीमा सहभागी हुन नेपालले आवेदन दिँदा यहाँको नागरिक, सरकार र सेनासँग खुला छलफल गरिएको बताएका छन्।

उनका अनुसार अहिलेसम्म एसपीपी अन्तर्गत कुनै पनि कार्यक्रम सुरु नभएको र नेपालले यसलाई स्वीकृत गरेपछि मात्रै कार्यन्वयनमा जाने छ।


प्रतिक्रिया दिनुहोस्