काठमाडौँ । नेपाल बैंकले २ अर्ब पचास करोडको ऋणपत्र जारी गर्ने भएको छ ।
रु.१,०००/- अंकित दरको २५,००,००० कित्ताले हुन आउने रु. २,५०,००,००,०००/- (अक्षरुपी २ अर्ब पचास करोड) रकम बराबरको ‘१०.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्न लागेको हो ।
उक्त ऋणपत्र जारी गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत प्रतिशत रहेको छ ।
उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निष्काशन गरिने छ ।