महालक्ष्मीका ग्राहकलाई काठमाडौं प्याथल्यावमा छुट

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ३ : २२


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र महाराजगंज काठमाडौंमा अवस्थित काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टर प्रा. लि. बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी पश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न स्वास्थ्य सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ छ । डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्