एभरेष्ट इन्स्योरेन्सले सम्पन्न गर्यो विशेष साधारण सभा

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ३ : १४


काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज सम्पन्न भएको छ ।

अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा भएको  विशेष साधारण सभा सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साथै सम्पत्ति दायित्व मुल्याङ्कन कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरेको कम्पनीले जनाएको छ ।

सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत सर्वसम्मत पारित गरेको बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्