चर्चित पत्रकार रवि लामिछाने राजनीतिमा प्रवेश गर्दै, छाडे ग्यालेक्सी टिभी

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : ३१


काठमाडौं। नेपालका चर्चित पत्रकारको रुपमा परिचित रवि लामिछानेले राजनीतिमा प्रवेश गर्नका लागि पत्रकारिता त्यागेका छन्।

उनी हाल ग्यालेक्सी फोर के टेलिभिजनमा आवद्ध थिए। आज बिहीबारदेखि उनले टेलिभिजन छाडेका हुन्। उनले आजदेखि नै आफ्नो राजनीतिक जीवन सुरु भएको बताएका छन्।

आज ग्यालेक्सी टिभीको कार्यालयमा उनको विदाई गरिएको छ। उनले त्यहाँका कर्मचारीहरुसँग बोल्दै अहिलेसम्म जनताको समस्या सुनेको र अब भने समस्या समाधान गर्ने भूमिकामा जान चाहेको बताएका थिए।

राजनीतिमा जाने भनेता पनि उनी कुन पार्टीमा आवद्ध हुन्छन्, नयाँ दल खोल्छन् या स्वतन्त्रबाट उम्मेदवार हुन्छन् भन्ने खुलेको छैन। यसअघि अर्का चर्चित पत्रकार रविन्द्र मिश्र पनि संचार कर्म त्यागेर राजनीतिमा प्रवेश गरेका थिए। तर राजनीतिमा उनले सोचेजस्तो प्रगति गर्न सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस्