प्रचण्डलाई ईश्वरको चुनौती: ओलीको पालामा एसपीपी भएको प्रमाण ल्याउनुस,म जिम्मेवारी लिन्छु

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : १५


काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन एमालेको सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको काम नगरेको स्पष्ट पारेका छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारको पालामा एसपीपीको कार्यान्वयन गर्ने काम भएको आरोप लगाएपछि पोखरेलले यसबारे जवाफ दिएका हुन।

बिहिबार संसदमा बोल्दै पोखरेलले ओली सरकारले बरु एसपीपी सम्झौता रोक्ने कार्य गरेको दाबी गरे।

प्रचण्डलाई चुनौती दिँदै पोखरेलले भने, ‘हिम्मत छ भने ओलीको पालामा यो भएको छ भनेर प्रस्तुत गर्नुस्, होइन भने उहाँले क्षमा माग्नुपर्छ।’

उनले अगाडी भने, ‘केपी ओलीले नेतृत्व गर्दा म उपप्रधान एवं रक्षा मन्त्री थिएँ। यदि त्यसबेलाका कुनै लिखतहरु, माइनटहरु छन् भने संसदमा प्रस्तुत गरियोस। म पूर्ण रुपमा जिम्मेवारी लिन्छु।’


प्रतिक्रिया दिनुहोस्