सुनको भाउ बढ्यो

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ११ : ३३


नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्