घनश्याम भुसाललाई सूर्य थापाको प्रश्नः कहाँबाट सम्हालिएर अघि बढ्नुहुन्छ?

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ९ : २३


नेकपा (एमाले)का नेता सूर्य थापाले नेतृत्व विरुद्ध घनश्याम भुसाल उत्रिएको भन्दै आलोचना गरेका छन्। आफ्नै निर्वाचन क्षेत्रमा विजय हुने हैसियत नभएका नेताले नेतृत्व विरुद्ध औंला उठाउनु आत्मनिन्दाको बिषय भएको थापाको भनाई छ। घनश्याम भुसालबारे यस्तो छ थापाको टिप्पणी:

आदरणीय घनश्याम भुसालजीले नेकपा (एमाले)स्थायी कमिटी सदस्यको मर्यादाविपरित सार्वजनिक गरिरहनुभएका अभिव्यक्तिहरू मूलतस् विगतमा पार्टी कब्जा गर्न उद्दत, विभाजनकारी र एमालेविरोधी तत्वहरूलाई खुशी पार्ने कोटीका छन्। यो उहाँको आत्मनिन्दाको विनाशकारी रवैया र तरिका हो। कमसेकम रूपन्देहीमा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै विजय हासिल गरेर काठमाडौं आई पार्टी कमिटीभित्र नेतृत्वमाथि ओैंला तेर्स्याउने धृष्टता गरेको भए त्यसलाई आत्मसमीक्षाको कोशिस भन्न मिल्थ्यो होला।

२०७७ पुस ५ पछि आफ्नो पार्टीको नेतृत्वको सरकार ढाल्न राष्ट्रपति र सर्वोच्च अदालतसम्म हस्ताक्षर गर्दै हिडेडुलेर देउवालाई प्रधानमन्त्री बनाउने बदननम भूमिकाप्रति एक शब्द आत्मालोचनासम्म गरेको भए, बर्षामान लहरमा बसेर सरकारबाट बाहिरिएको घोषणाप्रति पश्चात्ताप गरेको भए तपाईं सुन्नलायकसम्म हुने अवस्था बाँकी रहन्थ्यो। त्यतिबेला तपाईं मन्त्री हुनुअघिका यस्तै भाषणवाजी र मन्त्रीको हैसियतमा तपाईंको कार्यसम्पादनको सीमा मात्रको तुलना गरेर हेर्नु र आत्मनिन्दाको बाटो छाडेर सुध्रिनु उपयुक्त देखिन्छ। पार्टी त धुलो टक्टक्याएर उठ्छ र अघि बढ्छ, तपाईंचाहिँ प्रचण्ड र माधव नेपालसंग वामपन्थी एकताको राग अलाप्दै एक साताव्यापी होइन, एक बर्ष त यसरी नै बिताइसक्नुभयो, बाँकी जीवनव्यापी अभियान नै संचालन गरेर समय बिताउनुसु।

१० बुँदेको लिस्नो चढेर पार्टीमा फर्किनुभयो, अहिले त्यसलाई बिर्सिसक्नुभयो,अनि पार्टीको महाधिवेशनलाई त तपाईं सौराहा काण्ड भन्दै लाञ्छित गर्दै हुनुहुन्छ, जसको सारा प्रक्रियामा सहभागी भएकोमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएर आजको हैसियत पाउनुभएको छ। खासमा तपाईं अब कहाँबाट सम्हालिएर अघि बढ्नुहुन्छ? कि अरूको हित एवं आफ्नो पार्टीको अहितमा नेतृत्वविरूद्द बर्बराउनु तपाईंको मार्क्सवादी तरिका हो? अहिलेलाई यत्ति प्रश्न मात्र!


प्रतिक्रिया दिनुहोस्