नेपाली सेनाले भन्यो- एसपिपी सम्झौता भएको छैन, गर्न पनि हुँदैन

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ९ : ०२


काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नभएको स्पष्ट पारेको छ।

सेनाले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी सम्झौता गर्ने कुनै प्रक्रिया शुरु नगरेको र नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकुल असर पर्नेगरी भविष्यमा पनि कसैसँग सैनिक साझेदारी नगर्ने प्रतिवद्धता जनाएको हो।

सैनिक मुख्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, विशिष्ट भू-राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत छ।’

 


प्रतिक्रिया दिनुहोस्