काठमाडौं । नेपालको सबै भन्दा ठुलो प्रिमियम मल्टि ब्रान्ड ईलेक्ट्रोनिक्स शोरूम सीजी डिजिटलको नया शोरूम जोरपाटीमा शुरू गरि संचालनमा ल्याइएको छ ।
चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर श्री निर्वाण चौधरी तथा गोकर्नेशोर नगरपालिकाका मेयर (प्रमुख) दिपक रिसाल ले शोरुमको अनावरण गरेका थिए ।
उक्त शोरुममा सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत रहेका बिभिन्न ब्रान्डहरु एलजी, सिजी, गोदरेज, टिसिएल, सेन्सेइ, केन्ट, पिजन, एलिका, ब्ल्याक + डेकर, बेको र माईडिया जस्ता ब्रान्डहरुका ७०० भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ ।
नयाँ शोरुम शुभआरम्भको अवसरमा कम्पनीले आफ्ना उपकरणहरुको खरिदमा बिशेष छुट तथा उपहार प्रधान गर्ने पनी जनाएको छ । साथै, ग्राहक बर्गलाई मध्यनजर गर्दै फ्री डेलिभरी, लोयल्टी प्रोग्राम, फ्रि माईक्रोवेभ ओभन कुकिङ क्लास/डेमो, ०% ब्याज दरमा किस्ता बन्दि, एक्स्चेन्ज अफर जस्ता सुबिधाहरु पनी उपलब्ध गराएको छ ।
कम्पनी स्वामित्वको यो २१औं शोरुम रहेको र आगामी दिनहरुमा पनी देशका बिभिन्न शहरहरुमा यसरी नै सिजी डिजिटल शोरुमहरु विस्तार गर्दै जाने र अझै ग्राहक बर्ग नजिक पुग्ने सिजी डिजिटलको लक्ष्य रहेको कम्पनीले जनाएकाे छ ।