काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज पाँचको पन्च’ नामक ग्राहक योजनाको विजेता घोषणा गरेको छ । कम्पनीले जेठ २७ गते सोही योजनाको बम्पर पुरस्कार विजेताको घोषणा गरिरेको जनाएको छ ।
कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरूका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना सञ्चालन गरेको थियो । बम्पर पुरस्कार बापत १० लाख नगद पुरस्कार उर्लाबारीकी तुलसा देवी अधिकारीले जितेको कम्पनीले जनाएको छ । उर्लाबारीमा रहेको गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी उनले उक्त बम्पर उपहार प्राप्त गरेकी हुन् ।
यस योजना अन्तर्गत बजाजको बाईक खरिद गर्दा एकैजनाले पाँच पटकसम्म पुरस्कार जित्नसक्ने व्यवस्था गरिए अनुसार बम्पर पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।