सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ५ : ४६


काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर मिति २०७९ असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ ।

आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको वैंकले जनाएको छ । यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि पनि नियुक्त गरिएको वैंकले जनाएको छ ।

नयाँ बानेश्वर शाखा स्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले संयुक्त रुपमा गरेका थिए ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा ए.टि.एम. संचालनमा छन् ।


प्रतिक्रिया दिनुहोस्