करण जोहार भन्छन्ः जीवनसाथी नबनाउनु जीवनकै ठूलो भुल, अब ढिला भइसक्यो

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ५ : ३६


काठमाडौं। ५० वर्षका करण जोहार भारतका चर्चित चलचित्र निर्माणकर्ता हुन्।

उनले अहिलेसम्म विवाह गरेका छैनन्। चर्चित नायक तथा नायिकाका छोराछोरीलाई आफ्ना चलचित्रमा काम दिने निर्देशकका रुपमा पनि उनलाई चिन्ने गरिन्छ।

उनले सन् २०१५ मा सरोगेसीमार्फत् दुई सन्तात प्राप्त गरेका छन्। विवाह नगरेका उनी अहिले यो भन्छन् कि जीवनसाथी नबनाउनु उनको जीवनकै ठूलो भुल हो।

अहिले विवाह गर्ने सवालमा भने उनी अब ढिला भइसकेको बताउँछन्। उनको जुम्ल्याहा सन्तानको नाम यस जोहार र रुही जोहार हो।


प्रतिक्रिया दिनुहोस्