पुटिनको खुट्टा कामिरहेको भिडिओ सार्वजनिक, स्वास्थ्य अवस्था जटिल रहेको आशंका

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : ३३


काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ।

इन्डिया टुडेको खबरअनुसार हालै पटिन चलचित्र अवार्ड सम्बन्धी कार्यक्रममा उपस्थित भएका थिए। त्यहाँ उनले उठेर सम्बोधन गरेका थिए।

तर सो क्रममा उनी स्थिर हुन सक्दैनन्। भिडिओमा देखिएअनुसार उनको खुट्टा कामिरहेको छ र उनी आफ्नो शरीरलाई सन्तुलन बनाउन अनेक प्रयास गरिरहेका छन्।

यो भिडिओ सार्वजनिक भएसँगै पुटिनको स्वास्थ्य अवस्था नाजुक भएको हुनसक्ने अनुमान गरिएको छ।

भिडिओ

यसअघि पनि हालै एक भिडिओ सार्वजनिक भएको थियो। जहाँ पुटिन बिचलित र अस्थिर देखिएका थिए।

उनमा पार्किन्सन वा टर्मिनल क्यान्सर भएकोसमेत अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्