सेयर बजारका लगानीकर्ता कोहि सडकमा आए भन्छन्, कोहि झुण्डिएर मर्छु भन्दैछन्ः गगन थापा

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : २५


काठमाडौं । नेपाली सेयर बजार पछिल्लो सयम लगातार ओरालो लागिरहेको छ।

३२ सय बिन्दु सम्म पुगेको नेप्से परिसुचक बुधबारसम्म आइपूग्दा १९६६ ३७ को बिन्दुमा झरेको छ। सेयर बजारमा भारी गिरावट आउँदा लगानीकर्ताको खर्बौ रुपैंया गुमेको छ।

शेरबहादुर देउवा नेतृत्वमा गठबन्धनको सरकार बनेदेखि नै सरकारले लिएका नीतिगत निर्णयका कारण बजार ओरालो लागेको थियो। लगानीकर्ताहरुले यसबीचमा राष्ट्र बैंकले लिएका निर्णयको विरोध गर्दै आन्दोलन समेत गरे।

सेयर धितोकर्जामा लगाइएको सिमा खारेज हुनुपर्ने लगायतका माग राखेर लगानीकर्ताले आमरण अनसन समेत सुरु गरेका छन्।

यसैबीच, घट्दो बजारको बिषयले संसदमा प्रवेश पाएको छ।

काँग्रेस सांसद गगन थापाले सरकारका नीतिका कारण बजारमा गिरावट देखिएको भन्दै आफूकहाँ दैनिक रुपमा लगानीकर्ताले गुनासो आउने गरेको बताएका छन्।

कोहि लगानीकर्ता सडकमा पुगेको भन्दै त कोहि झुण्डिएर मर्छु भन्दै गुनासो आउने गरेको थापाले सुनाएका छन्। सेयर बजारको अवस्थाबारे अर्थमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद थापाले माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्