रणवीर र आलिया अभिनित सुपर–पावर चलचित्र ‘ब्रम्हास्त्र’को ट्रेलर सार्वजनिक (भिडिओ)

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ४१


काठमाडौं। रणवीर कपुर र आलिया भट्टको अभिनय रहेको चलचित्र ‘ब्रम्हास्त्र भाग एकः शिव’को ट्रेलर सार्वजनिक भएको छ।

आलौकिक शक्तिसँग सम्बन्धित यस चलचित्रमा स्टार कलाकारहरु अमिताभ बच्चन, अक्किनेनी नागार्जुन र मोनी रोयको पनि मुख्य भूमिका रहेको छ।

यो चलचित्र यसैवर्षको सेप्टेम्बर ९ मा रिलिज हुनेछ।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्