वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : १८


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपुर्ति गर्ने अभिप्रायका साथ वेबसाइट मार्फत बिभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने ब्यवस्था गरेको छ।

प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरोशेयर, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा क्यु आर कोड लगायतका सेवाहरुको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको हो।

वेबसाइट मार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङ्गको निःशुल्क रेजिष्ट्रेशनरबन्द गर्नरपासवर्ड रिसेट, मेरो शेयरको रजिष्टे«शनर नविकरणर पासवर्ड रिसेट, सि। आर। एन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्तार पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन । यी सबै सेवाहरु बैंकको वेबसाइट मार्फत Smart Services वा https://servicerequests.ctznbank.com/ मा गएर प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने र डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ। निकट भविष्यमा अन्य थुप्रै सेवाहरुलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएको छ।


प्रतिक्रिया दिनुहोस्