ब्राउजरको दुनियाँबाट २७ वर्षपछि विदा भयो ‘इन्टरनेट एक्सप्लोरर’

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ०८


काठमाडौं। आज बुधबारदेखि माइक्रोसफ्ट कम्पनीको एउटा चर्चित ब्राउजर इन्टरनेट एक्सप्लोरर बन्द भएको छ।

२७ वर्षपछि इन्टरनेट एक्सप्लोरर बन्द भएको हो। प्रतिस्पर्धा गर्न नसक्दा यो ब्राउजर बन्द गर्नुपरेको हो।

यसअघि माइक्रोसफ्टले एक वर्षअघि नै सन् २०२२ जुन १५ बाट यस ब्राउजरको सपोर्ट बन्द गर्ने घोषणा गरेको थियो।

झण्डै ३ दशक पुरानो यो ब्राउजर कुनै बेला विश्वबजारमा सबैभन्दा बढी प्रयोग गरिन्थ्यो। सन् २००३ मा यसले वेब ब्राउजरको ९५ प्रतिशत हिस्सा ओगटेको थियो।


प्रतिक्रिया दिनुहोस्