काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व्को नेकपा कम्युनिष्ट पार्टी लगायतका ९ पार्टीले अमेरिकाको अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन गरेको प्रस्तावको विरोध गर्दै उक्त प्रस्ताव तत्काल खारेज गर्न माग गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी अमेरिका भ्रमणमा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेकाले यस स्थितिमा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने गरी कुनै पनि प्रकारका सन्धि–सम्झौतामा हस्ताक्षर नगर्न सरकारसमक्ष विशेष माग पनि उनीहरुले गरेका छन्।