काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप कार्यक्रममा (एसपीपी)का लागि नेपालले सम्झौता गर्न नसक्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै थापाले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै त्यसबारे प्रस्ट पार्नुपर्ने माग गरे।
‘हामीले केही समय अगाडि एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्यौँ। यस्ता विकास आयोजना हामीले अमेरिकाबाट लिने हो, चीनबाट लिने हो, भारतबाट पनि लिने हो। मुलुकलाई समृद्ध पार्ने हो,’ उनले भने, ‘तर नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारीमा चाहे त्यो छिमेकी देशसँग होस् वा अर्को देशसँग होस् त्यो सम्झौता अघि बढ्दैन। त्यस्तो सम्झौता हुन सक्दैन, हुन दिइँदैन।’