इरानमा बर्थ डे पार्टी मनाउँदा आगलागी, चार बालबालिकासहित ८ जनाको मृत्यु

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : ४१


एजेन्सी। इरानको राजधानी तेहरानबाहिर जन्मदिनको भोज आयोजना गर्ने एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोबाट आठ जनाको मृत्यु भएको छ।

मृत्यु भएकामध्ये चार जना बालबालिका रहेका सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन्।

राजधानीको पश्चिममा रहेको एन्डिसेह सहरमा मंगलबार साँझ आगलागी भएको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ।

तेहरान प्रान्त रेड क्रिसेन्टका अधिकारी शाहिन फाथीले भने, ‘सात जनाको घटनास्थलमा र एक तीन वर्षीय बालकको अस्पतालमा मृत्यु भएको छ।’

काउन्टी अभियोजक हमिद असगरीले आगो रेस्टुरेन्टमा तीब्र फैलिएको बताए।


प्रतिक्रिया दिनुहोस्