सस्तो इन्टरनेटः वाइफाइ–नेपालले ल्यायो ३३३ रुपैयाँमै ३० एमबीपीएस इन्टरनेट सेवा

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : ०९


काठमाडौं। पछिल्ला दिनहरुमा नेपालमा इन्टरनेट कम्पनीबीच सस्तो दामको इन्टरनेटबारे प्रतिस्पर्धा चलेको छ।

सीजी नेटको आगमनसँगै सबै इन्टरनेटको भाउ सस्तो बनेको थियो। यतिबेला नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ–नेपालले झनै सस्तो दाममा आफ्नो सेवा सुरु गरेको छ।

कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेज सहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीका अनुसार वाइफाइ–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन थालेको छ।

हाललाई काठमाडौं उपत्यकामा उपलब्ध कम्पनीको सेवा क्रमशः चरणवद्ध रुपमा देशभर विस्तार गर्ने योजना रहेको छ।

वार्षिक प्याकेज लिने ग्राहकले चार हजार रुपैयाँमा ३० एमबीपीएस र पाँच हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन्।

जसमा ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपैयाँ र ५० एमबीपीएसको ४१७ रुपैयाँ हुन आउँछ।


प्रतिक्रिया दिनुहोस्