विश्वकपका लागि ३२ टोली छनोट, समूह चरणमा यी टोली एक–अर्कासँग भिड्दै…

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : २६


काठमाडौं। यसवर्ष हुने फिफा विश्वकप फुटबलको लागि ३२ टोलीको छनोट प्रक्रिया पुरा भएको छ।

छनौट चरणको अन्तिम खेलमा कोस्टा रिकाले न्युजिल्यान्डलाई पराजित गरेसँगै कतार विश्वकपको लागि ३२ टोली छनोट भएका हुन्।

यसैवर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म विश्वकपका खेलहरु हुनेछन्। ३२ टोली छनोट भएसँगै यी टोलीहरुलाई आठ समूहमा विभाजन गरिएको छ।

समूह चरणको खेलमा उनीहरु एकअर्कासँग भिड्नेछन्। अंक तालिकाको आधारमा समूहका विजेता र उपविजेता प्रि–क्वार्टरफाइनल चरणमा प्रवेश गर्नेछन्।

त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेल हुनेछ। फाइनल जित्ने टोली कतार विश्वकप २०२२ को विजेता बन्नेछन्।

Image

३२ टोलीको समूह चरण विभाजन

समूह एः कतार, इक्वेडर, सिनेगल, नेदरल्यान्ड्स

समूह बीः बेलायत, इरान, अमेरिका, वेल्स

समूह सीः अर्जेन्टिना, साउदी अरेबीया, मेक्सिको, पोल्यान्ड

समूह डीः फ्रान्स, अस्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

समीह इः स्पेन, कोस्टारिका, जर्मनी, जापान

समीह एफः बेल्जियम, क्यानडा, मोरोक्को, क्रोएसिया

समीह जीः ब्राजिल, सर्बिया, स्वीजरल्यान्ड, क्यामरुन

समूह एचः पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया


प्रतिक्रिया दिनुहोस्