नेकपा मसालले अमेरिकाले नेपाललाई सैन्य क्याम्पमा लैजान खोजेको आरोप लगाएको छ।
महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै नेपाललाई सैन्य क्याम्पमा लैजान अमेरिकी उच्च वा सैनिक अधिकारीहरूले बारम्बार नेपाल भ्रमण गरेर सरकारलाई दबाब दिइरहेको उल्लेख गरेका छन्।
संसद्ले एमसीसी पारित गरे लगत्तै अमेरिकाले आफ्ना तिब्बत मामिला हेर्नेलाई प्रमुखलाई नेपाल पठाएको, उनले देहेरादुन गएर दलाई लामालाई भेटेको, काठमाडौँ आएर तिब्बती शरणार्थी नेताहरूलाई भेटेको र सरकारको तिब्बत सम्बन्धी असंलग्न परराष्ट्र नीतिलाई परिवर्तन गरेर नेपाललाई अमेरिकाको तिब्बती सम्बन्धी साम्राज्यवादी नीतिमा लगिरहेको समेत वक्तव्यमा आरोप लगाइएको छ।