विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० वूँदे सम्झौता नगर्न खबरदारी गरेको छ।
सो पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार एक बिज्ञप्ति जारी गर्दै खबरदारी गरेका हुन्।
प्रकाण्डले अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जर्नेल चाल्र्स एन्थोनी फिलीनले नेपालको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग सेनाको मुख्यालयमा भेटघाट गरि स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) १० वूँदे सम्झौताको प्रस्ताव गरेको बताउदै एमसिसि सम्झौता संसदबाट पारित गरिसकेपछि नेपालमा अमेरिकाले आफ्नो प्रत्यक्ष उपस्थितिलाई मजबुद बनाउदै आफ्ना गतिविधिहरु बढाई रहेको र यसले एकातिर कुटनीतिक मामिलाको खिल्ली उडाएको र अर्कोतिर नेपालको राष्ट्रिय स्वाधिनता र सार्वभौम अधिकारमाथि खुलम्खुला धाबा बोलेको बताएका छन्।
यस्तो छ विज्ञप्ति