काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आज दोस्रो पुण्य तिथि हो। सन् २०२० १४ जुनका दिन उनी आफ्नै अपार्टमेन्टमा मृत भेटिएका थिए।
आज सुशान्तको दोस्रो पुण्य तिथिमा उनका फ्यान र नजिकका साथीहरूले सामाजिक सञ्जालमार्फत उनलाई सम्झिरहेका छन्।
यसबीचमा उनका पूर्व प्रेमिका रिया चक्रवर्तीले पनि सम्झना स्वरूप आफूहरूले बिताएका पलका केही तस्बिरहरू आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् जुन पहिले सार्वजनिक भएका थिएनन्।
रियाले तस्बिरहरु सेयर गर्दै भनेकी छन्, ‘म तिमीलाई हरेक दिन मिस गर्छु।’
View this post on Instagram
बलिउडमा भर्खरै चलन थालेका सुशान्तले आत्महत्या गरेका थिए। सो घटनापछि बलिउडमा व्याप्त नातावाद र क्रिपावादको चर्को आलोचना भएको थियो। सुशान्तका चलचित्रहरु स्टार कलाकारका छोराछोरीले खोसेपछि सुशान्त डिप्रेसनमा गएका थिए।
सो क्रममा सुशान्तले ड्रग्स लिने गरेको र त्यसमा रियाले पनि प्रेरित गरेको भन्दै उनी पनि छानबिनमा तानिएकी थिइन्। त्यतिमात्र नभएर सुशान्तका बुबा केके सिंहले रियालाई आत्महत्या गर्न दुरुत्साहन गरेको र मनी लन्ड्रिङ गरेको आरोप लगाउँदै एफआईआर समेत दायर गरेका थिए।