युक्रेनलाई परमाणु हतियार दिएको खण्डमा युरोपलाई ‘गायब’ गरिदिने रुसको चेतावनी

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ५ : २१


काठमाडौं। युक्रेनलाई परमाणु हतियार दिएको खण्डमा युरोपलाई विश्व मानचित्र ‘गायब’ गरिदिने रुसले चेतावनी दिएको छ।

युरोपेली राष्ट्र पोल्यान्डले रुसले युक्रेनलाई आक्रमण गरिरहेको अवस्थामा कुनैपनि देशलाई युक्रेनलाई शक्तिशाली हतियार दिने कानुनी आधार भएको बताएपछि रुसबाट यस्तो चेतावनी आएको हो।

रुसले सन् १९९४ को सुरक्षा सुनिश्चितताको ‘बुडापेस्ट ज्ञापनपत्र’को उल्लंघन गरेकाले अब पश्चिमा राष्ट्रहरुले युक्रेनलाई आत्मरक्षाको लागि हतियार दिन न्यायोचित हुने पोल्यान्डका विदेशमन्त्री राडोस्ल सिकोस्र्कीले बताएका थिए।

त्यसबेला सोभियत संघ पतन भएपछि युक्रेन, रुस लगायत अन्य देशहरुले एनपीटी सम्झौता र सन्धीमा हस्ताक्षर गरेका थिए। सन्धीअनुसार परमाणु हतियारहरुको प्रसारमा रोक लगाइएको छ।

तर युक्रेनमा आक्रमण गरेर एनपीटीको नियमहरुको रुसले उल्लंघन गरेको पोल्यान्डको आरोप रहेको छ।

यस क्रममा पोल्यान्डको भनाइको खण्डन गर्दै रुसी विधानसभाका प्रमुख भियाचेस्लाभ भोलोदिनले पोल्यान्डसहित युरोपले रुसमाथि खतरा पैदा गरेको खण्डमा विश्व मानचित्रबाट युरोप गायब हुने बताएका हुन्।

पुटिनका निकट रहेका भोलोदिनले पोल्यान्डका विदेशमन्त्रीलाई भनेका छन्,‘सिकोस्र्कीले युरोपको केन्द्रमा परमाणु द्वन्द्वलाई उक्साएका छन्। उनले युक्रेनका साथै पोल्यान्डको भविष्यबारे केही सोचेका छैनन्। यदी उनका भनाइहरु वास्तविक भएको खण्डमा यी देशहरुको अस्तित्व समाप्त हुनेछ, युरोपको पनि।’ मिरर


प्रतिक्रिया दिनुहोस्