पूर्ववत् समयमै बैंक खोल्न निर्देशन, २ दिने बिदा खारेज

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ५ : ०१


काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्ववतः समयमै बैंकहरु खोल्न निर्देशन दिएको छ।

सरकारले असार १ गतेदेखि आइतबार बिदा खारेज गरेपछि बैंकहरुमा पनि २ दिने बिदा खारेज भएको हो।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सूचना जारी गरी उक्त जानकारी दिएको हो।

यसअनुसार केन्द्रीय बैंकले इजाजत दिएका क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड असार १ देखि पूर्ववत् अवस्थामै खुल्नेछन्।

यसअघि वैशाख १३ मा बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सोअनुसार जेठ १ देखि उक्त व्यवस्था कार्यान्वयनमा आएको थियो।


प्रतिक्रिया दिनुहोस्