रिसोर्टमा स्वीमिङ्ग गर्दा शिक्षकको मृत्यु

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ४ : २०


रुपन्देहीको तिलोत्तमास्थित बिगचियर रिसोर्टमा स्वीमिङ्ग गर्ने क्रममा डुबेर तिलोत्तमाको न्यू लाइट बोर्डिङ स्कूलका एक शिक्षकको मृत्यु भएको छ।

यसरी मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३० वर्षीय सन्दीप पौड्याल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पौड्याल सोमबार तिलोत्तमा नगरपालिका–३ स्थित बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा साथीहरू सँग पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए। उनको उपचारको क्रममा निधन भएको हो।


प्रतिक्रिया दिनुहोस्