घरभित्रै गएर महिला र बालबालिका कुटपिट गरेको आरोपमा स्वास्थ्य राज्यमन्त्री वली पक्राउ

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : ५१


दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ । वलीले घरभित्रै गएर महिला तथा बालबालिकामाथि कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै घुसेर मंगलबार बिहान राज्यमन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी हुन्।

बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्