काठमाडौं । हलहरुमा लागिरहेको कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै उजुरी परेको छ।
बौद्धधर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै रोविन कुमार लामाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन्।
लामाले आज चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहितलाई विपक्षी बनाएर जिप्रकामा उजुरी दर्ता गरेका हुन्।