सैन्य सहकार्यका लागि नेपालसँग अमेरिकाको प्रस्ताव, प्रधानमन्त्री देउवा सकरात्मक

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ४ : १९


काठमाडौं । चर्को विवादकाबीच एमसीसी सम्झौता नेपाली संसदबाट पारित भएपछि अमेरिकाले नेपालसँग सैन्य सहकार्यका लागि सम्झौताको नयाँ प्रस्ताव गरेको छ।

अमेरिकी सेनाका इन्डो प्यासिफिकका कमान्डर जर्नेल चार्ल्स ए फ्लिनले हालै नेपालमा उच्चस्तरीय भेटवार्ता गरे।

प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मा लगायतसँगको भेटवार्तामा उनले गर्दै सो कुरामा जोड दिएको स्रोतले जनाएको छ।

फ्लिनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा नेपाली सेनाले हस्ताक्षर गर्नुपर्नेमा जोड दिएकोमा प्रधानमन्त्री देउवाले आफू सकरात्मक रहेको जनाउँदै राजनीतिक दलहरुसँग छलफल गर्ने जवाफ दिएका थिए।


प्रतिक्रिया दिनुहोस्