विश्व प्रसिद्ध फुटबलर रोनाल्डोलाई लागेको बलात्कारको मुद्धा खारेज

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ३ : १२


काठमाडौं। विश्व प्रसिद्ध पोर्चुगिज फुटबलस्टार क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ।

अमेरिकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्।

लामो समययता सो मुद्दामाथि बहस जारी थियो। अमेरिकी न्यायाधिश जेनिफर डोर्सीले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका रोनाल्डोमाथि लगाईएको मुद्दा खारेज गरेको हो।

मायोर्गाले सन् २०१८ मा रोनाल्डोविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् त्यसपछि यो विषय विश्वभर सतहमा आएको थियो।

३७ वर्षीय रोनाल्डोले उक्त महिलाले बलत्कारको आरोप लगाएपनि नकार्दै आईरहेका थिए।

यसअघि बलात्कार मुद्दामा मायोर्गाले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको र ती आरोप सार्वजनिक नगरिने शर्तमा रोनाल्डोले करिब पौने चार लाख डलर भुक्तानी गरिसकेको रिपोर्ट समेत बाहिर आएको थियो।


प्रतिक्रिया दिनुहोस्